• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सीईओ सहित ५ पक्राउ

काठमाडौं । मिर्गौला किनबेचको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सीईओ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा निदान अस्पतालका सीईओ काठमाडौं नागर्जुनका बिपेन्द्र प्रधान, निदान अस्पतालका लिगल अफिसर  कुमुद कुमार भट्टराई, निदान अस्पतालका चिकित्सक  डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय ललितपुरका  शाखा अधिकृत रामचन्द्र आले र मृर्गौला ग्रहण गरेका काठमाडौं स्वयम्भू बस्ने  शंकरलाल लामा रहेका छन् ।

 

उनीहरुको मिलेमतोमा एक बिरामीको मिर्गौला शंकरलाल लामालाई बिक्री गरिएको पाइएपछि पक्राउ गरिएको अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरु उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार