• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

आजबाट शिल्पी थिएटरको 'शिल्पी नाट्य यात्रा २०७६' शुरु 

काठमाडौं । शिल्पी थिएटरको टोली पश्चिमदेखि पूर्वसम्म 'शिल्पी नाट्य यात्रा २०७६'  को टुरमा हिडेको छ । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नामक कचहरी नाटक लिएर शिल्पीका कलाकारहरुको टोली टुरमा निक्लिएका हुन । नाटक एक महिनासम्म मोफसलको बिभिन्न जिल्लाहरुमा मञ्चन गरिने छ । 

 

यात्रामा निस्केको टोलीले आज बुधबार २९ गते सुर्खेतको विरेन्द्रनगरबाट यात्राको पहिलो नाटक प्रस्तुत गरेका छन् । ‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई  देखाउन खोजिएको छ । नाटकमा १६ वर्षिय चुलबुले केटीको कथा समेटिको छ ।  नाटकले महिला हिंसामा आधारित छ । 

 

शिल्पीको २० जनाको नाटकका कलाकारहरुको टोलीले मोरङ, सुनसरी, बर्दिया, महेन्द्रनगर, सुर्खेत, दैलेख, जाजरकोट, रोल्पा, बर्दिया, कन्चनपुर, सुनसरी र मोरङमा नाटक प्रस्तुत गर्नेछन् । घिमिरे युवराजको परिकल्पना र निर्देशनमा तयार भएको नाटक यात्रा असोज २८ गतेबाट कात्तिक २४ सम्म चल्नेछ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार