• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

कानुनको नजरमा सबै बराबर : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न आग्रह गरेका छन्  । दशैं, तिहार र छठ पर्वको अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उनले सरकारले गरेका काम देख्न आग्रह गरेका हुन् । 

 

निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा, कांग्रेस सांसद अफताब आलम र राजपा सांसद प्रमोद साह पक्राउ परेको तर्फ इंगित गर्दै प्रम ओलीले  कानुनका नजरमा सबै बराबर हुने बताए । 

 

प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि अनुकूल वातावरण बनेको पनि बताए। वर्षातका बेला तराई क्षेत्र डुवान हुँदै आएकोमा भारतसँग कुराकानी गरेर डुवान अन्त्य गर्न पहल भइराखेको ओलीको भनाई थियो। ‘डुवान अन्त्य गर्न गम्भीर वार्ता भारतसँग भइराखेको छ,’ उनले भने।

 

हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उनले बताए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’हरेक नेपालीको बैंक खाता खोल्ने, नेपालको पानीमा जनताको लगानी जस्ता अभियान सुरु गरिएको, बाटोघाटो, पुलहरु बनेको उनले बताए

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार