• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

पारसले दिए नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा 

काठमाडौं । पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । 

 

नेपाली क्रिकेटको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै राम्रो लागेको छ र नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुका लागि नयाँ समितिले राम्रो गरोस भन्ने कामना गर्दछु,' पारसले विज्ञप्तिमा भनेका छन्, 'मैले तत्काल लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु । यो अविश्वनीय यात्रामा मलाई सहयोग गर्ने सबै खेलाडी, प्रशिक्षक, अम्पायर, साथीहरु तथा मेरा परिवारलाई धन्यवाद दिन चाहन्छु । जय नेपाल।'

 

दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) माथिको निलम्बन ससर्त फिर्ता लिने निर्णय गरेको भोलिपल्ट पारसले पद छाड्ने घोषणा गरेका हुन्। पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी ३ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।

 

पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । उनी नेपालको टी-२० तथा एकदिवसीय दुवै टोलीका कप्तान थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार