• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

क्यान माथीको प्रतिबन्ध सशर्त फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले लगाएको प्रतिबन्ध सशर्त फुकुवा गरेको छ । 

 

आईसीसीको बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । निलम्बन फुकुवा गर्नका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ ।

 

आइसिसीले २०७३ वैशाखमा सरकारी हस्तक्षेप भएको भन्दै क्यानलाई निलम्बन गरेको थियो। त्यसपछि नेपाली क्रिकेटको व्यवस्थापनको जिम्मा लिँदै आइसिसीले सबै पक्षसँग छलफल गरेर नयाँ निर्वाचनका लागि विभिन्न प्रक्रिया अपनाएको थियो।

 

केही समय अघि भएको क्यानको निर्वाचनमा चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचनबाट आएको उक्त कार्यसमितिले निलम्बन फुकुवा नभएकाले अझैं काम गर्न भने पाएको थिएन ।

 

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्याप अनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार