• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

सुटिङमा कलाकारको खानपान

फ्रेसन्युज संवाददाता, काठमाडौं । चलचित्रको सुटिङस्थल भनेको कलाकारको कर्मथलो हो । कलाकारलाई सुटिङस्थलमा कस्तो खाने र के खाने भन्ने केही थाहा हुँदैन । भान्छा व्यवस्थापकले जे पकायो त्यहि खानु पर्ने वाध्यता हुन्छ । भन्ने नै हो भने चलचित्र सुटिङस्थलमा समयमा खान पनि पाईदैन । समयमा खाना नपाए पछि कति कलाकाहरु सुटिङस्थलमा नै बिरामी पर्ने पनि गरेका छन् । 

 

कलाकारहरु मध्य सुपरस्टार राजेश हमाल मात्र एउटा यस्ता कलाकार हुन जो सुटिङस्थलको खाना खान रुचाउँदैनन्  । कलाकार राजेश हमाल सुटिङस्थलमा आउँदा एउटा पानी र उसिनेको अण्डा लिएर आउने गरेको बताउँछन् सुटिङस्थलका भान्छा व्यवस्थापक हेम कुमार शाही । राजेश दाई पानी धेरै पिउनु हुन्छ । सुटिङ सकिएपछि उहाँ खाना खानको लागि बाहिर नै जानुहुन्छ ।  सुटिङको भान्छामा ६ जना भान्छेहरु हुने उनले बताए । ३ जना बिहानीको सिफ्टका लागि राखिएको हुन्छ भने तीन जना दिउँसोको खानाको लागि तर अहिले डिजीटलको समयमा सिफ्ट अनुसार काम हुदैन । हामी सबै मिलेर कामगर्नु पर्ने हुन्छ  । शाही भन्छन्, सुटिङमा कलाकारहरुलाई खाना खुवाए वापत खासै त्यस्तो धेरै आम्दानी हुदैन । हाम्रो तलब भनेको ८० देखि ९० हजार मात्र हो । यो पनि हाम्रो टिममा बाड्नु पर्ने हुन्छ 

 

कलाकारहरु भुवन केसी, रेखा थापा, करिश्मा मान्नधर,झरणा थापा खाना खाने कुरामा एकदमै सजिला कलाकार रहेको शाहिले बताए । कलाकार अशोक शर्माको चलचित्र ‘मितीनी’ मा पहिला ५०, ६० जनाको लागि मात्र खाना बनाउनु भनेर अर्डर दिइएको थियो तर पछि खाना खुवाउँदा २०० जना जति भएको पनि शाहि सम्झन्छन् । यस्तो बेला हामीले धेरै कुराहरु मिलाउनु पर्ने हुन्छ । खाना नखाउँ भन्ने कुरा पनि हुदैन । आफुहरुले नखाएर भए पनि मिलाएर उनीहरुको पेट भर्नुपर्ने वातावरण मिलाउनु शाहीले बताउँछन् । 

 

यता शाही जस्तै अर्का भान्छा व्यवस्थापक प्रदिप लामा आफुले बनाएको खानालाई नायिका मनिषा कोइरालाले एकदमै तारीफ गरेको बताए। नायिका मनिषा कोइरालाले त लामालाई बलिउड काम को लागि बोलाउने वाचा समेत गरेकी थिइन रे । सुटिङस्थलको खाना मिठो भएन म यो खान्न त्यो खान्न भन्ने जस्ता कुराहरु कसैले पनि नभन्ने लामाले बताए ।

 

कलाकारको च्वाइसको खाना कमै मात्रामा पाक्ने गरेको पनि लामाले बताए । एकजनाको लागि मात्र खाना पकाउने होइन । धेरैजनाको लागि खाना पाक्ने हुँदा उनीहरुको च्वाइसमा खाना बनाउन मुश्किल हुने बताउँछन् लामा । उनले थपे, कलाकारहरु रिसाउने भनेको उनीहरुलाई भोक लागको समयमा खाना ढिला भयो भने मात्र हो । सुटिङका लागि कहिले ठेक्कामा नै काम गर्ने त कहिले निर्माण पक्षले नै पैसा दिएर सामानहरु किनेर ल्याउने गरेको पनि लामा बताउँछन् ।

 

बिहानीपखको ब्रेकफास्ट खाएपछि सुटिङ शुरु गर्ने चलन छ । ब्रेकफास्टमा चाउचाउ सुप, पाउरोटि र उसिनेको अण्डा दिइने गरेको बताउँछन् कलाकार आयुष रिजाल । कतिपय कलाकारहरु त घरबाटै ब्रेकफास्ट लिएर आउने अथवा घरबाटै खाजाखाएर निस्कने पनि गर्छन । तर आफु भने हरेक दिन उसिनेको अण्डा र भिजाको केराउ खाएर निस्कने गरेको कलाकार रिजालले बताए ।  रिजाल भन्छन् ,ब्रेकफास्ट खाएर शुरु भएको सुटिङ दिउँसो एक दुई बजे सम्म चल्छ । दिउँसो खाना खाने वातावरण भने अलि रमणीय नै हुने गरेको छ । उनी थप्छन् , आउडोर सुटिङ छ भने दिउँसोको खाना बनभोज स्टाइलको हुने गर्छ । 

 

सुटिङस्थलमा दिउँसोको खानामा एकछाक कुखुराको मासु प्राय नछुट्ने भान्छा व्यवस्थापक पुर्ण लामाले बताउँछन् । त्यसबाहेक खानामा सिजन अनुसारका तरकारी र गोलभेडाको अचार पनि हुने गरेको लामाको भनाई थियो । चलचित्रका निर्देशक देखि स्पटब्वाइ सम्म एकै ठाउँमा बसेर खाना खाने हुनाले पनि वातावरण आफैमा रमाइलो हुने लामाले बताए ।सुटिङस्थलको खानेकुराहरुमा चिल्लो पिरो अलि बढि हुने गरेको भनेर गुनासो गर्दै थिए नायक किशोर खतिवडा । अब नखाई पनि नहुने हामीले प्राय चिल्लो पिरो कम हाल्नु भन्ने गरेका पनि छौ उनको भनाई थियो । तर यहि कुरामा भान्छा व्यवस्थापक पुर्ण लामा असहमती जनाउँदै भन्छन्, धेरै जनालाई खाना बनाउँदा अलि अलि चिल्ला रे पिरो त भैहाल्छ ,कि त तेल नै नराखि खाना बनाउनु भन्नु पर्यो भन्दै, थिए लामा । रातीको समयमा फिल्मको सुटिङ अलि ढिलै सम्म गयो भने दिउँसोको जस्तै खाना दिइने गरेको लामाले पनि बताए ।रातीको खानामा कहिलेकाही मासु नहुन पनि सक्छ ।  

 

सुटिङको कुनै टुंगो नै हुदैन कहिले राती अबेरसम्म पनि सुटिङ चलिरहेको हुन्छ त कहिले दिउँसो नै पनि सकिन्छ । लामा भन्छन्, सुटिङस्थलमा खानाको लागि चाहिले सामानहरु कहिले निर्माण पक्षले नै उपलव्ध गराईदिने गरेको छ भने कहिले हामीहरुलाई नै पैसा दिन्छन् र हामी नै सामान लिएर आउँछौ । भान्छा व्यवस्थापक लामा सुटिङबाट खासै त्यस्तो आम्दानी नहुने बताउँदै थिए । लामा भन्छन् , यस्तो काममा के कमाउनु र । कति पैसा दिन्छ भन्ने कुरा चाहि लामाले खुलाउन चाहेनन् । 

 

नेपाल चलचित्र प्रविधिक संघका सदस्य सुवाष काफ्ले भन्छन्, सुटिङको समयमा खानामा भन्दा पनि कलाकारहरुको बढि ध्यान काममा नै हुन्छ । के पाक्छ, कस्तो पाक्छ भनेर भान्सामा हेर्ने फुर्सद खासै हुदैन । आउटडोर सुटिङको समय बाहिर पालहरु टांगेर खाना खाइन्छ भने इनडोरमा सुटिङ कै भान्छाघर प्रयोग गर्ने गरेको काफ्ले बताउँछन् ।सुटिङस्थलको भान्छामा कहिले नटुट्ने भनेको दुध तथा कालो चिया हो । जसलाई जतिबेला मन मन लाग्छ चिया उपलव्ध हुनु छायांकनस्थलको विशेषता नै हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार