• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

क्लब भिक्ट्रीमा लागेको आगो नियन्त्रणमा , एक अग्नि नियन्त्रक घाइते

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री क्लबमा आज साँझ लागेको आगो ३ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीबाट भिक्ट्री क्लब पूर्ण रुपमा जलेको छ ।

 

प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको  थियो । भवनको सातौं तलामा रहेको उक्त क्लबबाट लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी,काठमाडौं र ललितपुर महानगरपालिकाको सहित ८ वटाको दमकल खटिएको थियो ।

 

विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंकाले जानकारी दिएको छ । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ । आगो निभाउने क्रममा घाइते भएका एक जना जना अग्नि नियन्त्रकको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार