• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपाललाई दिएका पाँच सन्देश

दुईदिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिन्पिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार साँझ आयोजना गरेको रात्रिभोज सुरु हुनुभन्दा पहिले दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए।

 

त्यसक्रममा चिनियाँ राष्ट्रपतिले व्यक्त गरेका विचारलाई विभिन्न कोणबाट विश्लेषकहरूले विश्लेषण गरिरहेका छन्।

 

सीको सम्बोधन नेपाल(चीन सम्बन्धमा केन्द्रीत रहेको भए पनि कतिपय कुरामा अन्य शक्तिराष्ट्रहरू प्रति पनि सङ्केत गरेको जस्तो देखिएको कतिपयको विश्लेषण छ।

चिनियाँ राष्ट्रपतिको सम्बोधनका मुख्य बुँदाहरू र तिनका सङ्केतहरू :

 

भविष्यप्रति आशा

 

सीले आफ्नो सम्बोधनमा आफू पहिले पटक नेपाल आएको उल्लेख गरेका छन्।

तर उनले नेपालको भविष्यप्रति आशावादी रहेको सङ्केत पनि सँगसँगै दिएका छन्।

 

नेपालमा शरद् ऋतुमा सयौँ फूल फुलेका छनू भन्दै नेपालको सामाजिक सद्भाव र राजनीतिक स्थायित्वले आफूलाई हर्षित बनाएको बताएका छन्।

उनले भविष्यप्रति आशाहरू पनि जागेको बताए।

 

मित्रता मात्र


नेपाल र चीनबीच मित्रता मात्र रहेको भन्दै सीले यी दुई छिमेकीको सम्बन्धलाई विश्वकै नमुना भनेका छन्।

उनले आफ्नो सम्बोधनमा नेपाल र चीन असल छिमेकी हुन् भन्ने दर्शाउन खोज्दै भने, हामीबीच केही समस्या छैन मित्रता मात्र छ।

 

त्यस्तै उनले राष्ट्रपति भण्डारी र उनले मैत्रीपूर्ण रणनीतिक साझेदारीू स्थापना गर्ने निर्णय गरेको पनि बताए।


सञ्जाल विकासमा जोड


सीले नेपाल र चीनबीच स्थल सञ्जालहरू विकास गर्नुपर्ने आवश्यकता मात्र देखाएन् त्यसका लागि चीनले सहायता गर्ने आश्वासन पनि दिए।

उनले नेपाललाई भूपरिवेष्टित देशबाट भू-जडित देश बन्ने सपना पूरा गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

 

उनले भने, हामी बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौ र नेपालको भूपरिवेष्टित देशबाट भू-जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।


शक्तिराष्ट्रलाई कटाक्ष


कतिपयका बुझाइमा नेपालमा आएर उनले आफ्ना प्रतिष्पर्धी र शक्तिराष्ट्रलाई पनि कटाक्ष गरेका छन्।

उक्त सम्बोधनमा उनले भने, वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्त्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ।

 

केहीका बुझाइमा उनले व्यापार युद्ध चलिरहेको अमेरिका र त्यहाँका राष्ट्रपतिलाई सङ्केत गरेर उनले आत्मरक्षवादु, एकलवादु र प्रभुत्ववादुको कुरा गरेका हुनसक्छन्।

 

त्यस्तै उनले जलवायु परिवर्तनको नेपाली चासोलाई सम्बोधन गर्ने र अन्तर्राष्ट्रिय मञ्चहरूमा समर्थन गर्ने जनाउ पनि दिएका छन्। त्यो पनि शक्तिराष्ट्रका लागि कटाक्ष हुनसक्ने कतिपयको बुझाइ छ।

 

ढिलाइप्रति कटाक्ष

 

उनले यसपटकको भ्रमणमा नेपाली नेताहरूसँग मिलेर चीन र नेपालको नयाँ खाका बनाउन सकेकोमा खुशी व्यक्त गरे।

 

तर योजना बनाएर त्यसलाई निरन्तरता नदिने वा कार्यान्वयन नगर्ने भन्ने नेपाललाई लाग्ने गरेको आरोपप्रति लक्षित गरेजस्तै गरि उनले भने, म प्रायस् भन्ने गर्दछु, हामीले बनाएका योजनाहरू पूर् गरेरै छाडौँ। हामीले चीनमा पनि यस्तै गरेका छौँ।

त्यसका लागि काम गर्ने मार्ग स्पष्ट भएकाले त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार