• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

 पानी तताउने क्रममा आयुर्वेद चिकित्सालयमा आगलागी 

दाङ । दाङको तुलसीपुुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको पञ्चकर्मा कक्षमा आज आगलागी भएको छ । ग्यासमा पानी तताउने क्रममा आगलागी भएको अस्पतालका निमित्त निर्देशक डा रामकामेश्वर ठाकुुरले जानकारी दिए ।

 

आगलागीबाट यहाँ रहेका टेबुल, दराज लगायत सामग्री जलेर नष्ट भएको छ । “अस्पतालको सेवा केही दिन प्रभावित हुने अवस्था छ”, उनले भने, “सेवा प्रदान गर्न वैकल्पिक उपाय अपनाइनेछ ।”

 

आगलागीबाट झण्डै रु एक लाख बराबरको क्षति भएको डा ठाकुरले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार