• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

राष्ट्रपति सी को खानाको मेनुमा मोमो र साँधेको भटमास

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा सोल्टी होटेलमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने रात्रिभोजको मेनुमा मोमो र साँधेको भटमास समावेश गरिएको छ । 

 

शनिबार साँझ सोल्टी होटेलमा आयोजित भोजमा नेपाली परिकारलाई प्रमुख ‘रेसिपी’को रुपमा राखिएको छ । भोजको शुरुवाती परिकारको रुपमा बारा, मम, लुक्ला सिमीसँग भटमास साँधेको राखिएको छ । यी परिकारसँग सुपको रुपमा कुरिलो र क्वाटीको सुपलाई समावेश गरिएको छ । खानाको अन्त्यमा गुल्मीको कफी सर्भ गरिनेछ ।

 

रात्रीभोजमा राष्ट्रपति  भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली,पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल,बाबुराम भट्टराई,शेरबहादुर देउवा लगायतको सहभागीता रहयो ।

 

यसैगरी सरकारका मन्त्रीहरु, उच्च पदस्थ कर्मचारी, कुटनितीक नियोगका प्रमुखहरुको पनि रात्रीभोजमा सहभागी भएका थिए।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार