• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
देश/प्रदेश

बलत्कार आरोपमा मालपोतका प्रमुख ऐडी पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् ।

 

स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

 

'महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ,' इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, 'घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।” उनले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी भने नआएको बताए ।

 

'अहिलेसम्म मुद्दा दर्ता भएको छैन,” चन्दले भने 'घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार