• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

उत्तरी सिरियामा आक्रमण

टर्की । टर्कीले उत्तरी सिरियामा हवाई तथा स्थल आक्रमण सुरु गरेको छ। अमेरिकी सैनिक फिर्ता भएलगत्तै टर्कीका सेनाले कुर्दिस लडाकूको बाहुल्य रहेको सिरियाको युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा हवाई र स्थल आक्रमण सुरु गरेका बीबीसीले जनाएको छ।

 

आक्रमणपछि स्थानीयबासिन्दा त्यहाँबाट भागेका छन्। आक्रमणबाट १० जना कुर्दिस लडाकू मारिएको भनिए पनि यसको पुष्टि भने हुन सकेको छैन। 

 

टर्कीका राष्ट्रपति रेजप तायिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरू हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका छन्।

 

तर आक्रमण भएलगत्तै पश्चिमा देशहरुले निन्दा गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक आह्वान गरेका छन्। फ्रान्स, जर्मनी तथा बेलायतले सुरक्षा परिषदको बैठक आह्वान गरेका हुन्।

 

सिरियामाथि टर्कीको आक्रमणले अस्थिरता हुने, मानवीय संकट गहिरिने तथा स्लामिक स्टेट ९आईएस०विरुद्ध मिलेका सफलता उल्टिने जोखिम रहेको पश्चिमा देशहरुको चिन्ता छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार