• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

आफ्नै बुवाको हत्या गर्ने पक्राउ 

राजविराज । आफ्नै बुवाको कुटपिट गरि  हत्या  गरेर  फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई आज  सप्तरी प्रहरीले पक्राउ गरेको छ  । 

 

पक्राउ पर्नेमा  सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी  २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको  प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए । 

 

पारिवारीक बिवादका कारण दुई दिन अघि  आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मो। गफुर पमरियाको मृत्यु थियो ।  मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए  । 

 

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा  संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए । 


दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ  । यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको  छ  ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार