• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

सेल्फी फोटो खिच्ने क्रममा चारको मृत्यु

तामिलनाडु । दक्षिण भारतको तमिलनाडु राज्यमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा एउटा सरोवरमा डुबेर ज्यान गुमाएको प्रहरीले बताएको छ।

 

६ जनाको समूहले एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेका थिए। ती व्यक्ति चिप्लिए र उनले अन्यलाई पनि ताने। ती महिलाका पतिले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबे।

 

घटना
द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए। साथमा दुलहाका बहिनी पनि थिइन्।

 

तीनजना पानीभित्र पसेका थिए र साथमा तीन किशोरकिशोरी पनि थिए। त्यतिनैखेर १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै ताने। उनीहरूसँगै दुलही पनि डुबिन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार