• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

म्याग्दीमा निर्वाचन कार्यालय भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ ।  रु एक करोड ६४ लाख १४ हजारको लागतमा निर्माण भएको सो भवन तीन तले नौ कोठे रहेको छ ।

 

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री सो भवनमा कार्यालय प्रमुख, प्रशासन, लेखा, सहायता कक्ष, प्रविधि, तालीम हल, स्टोर, अतिथि गृह, आवास र सूचना प्रविधि कक्ष रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

 

सुविधा सम्पन्न भवन निर्माण भएपछि कार्यालय सञ्चालन र सेवा प्रवाहमा सहजता आएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार म्याग्दीमा हालसम्म ३९ हजार २६९ पुरुष, ४२ हजार १७७ महिला र एक जना तेस्रो लिङ्गीसहित कूल ८१ हजार ४७७ को तस्वीरसहितको मतदाता नामावली सङ्कलन भएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार