• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
राजनीति

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको मिति टुंगो लागेको छ । उनी अक्टोबर १२ र १३ तारिख (असोज २५ शनिबार र २६ गते आइतबार)  नेपालको राजकीय भ्रमणमा आउने भएका छन् ।

 

परराष्ट्र मन्त्रालयले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको हो । चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रि भोज दिने कार्यक्रम छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सीले राष्ट्रपति भण्डारीसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्। राष्ट्रपति भण्डारीले सी र चिनियाँ टोलीको सम्मानमा रात्रीभोज आयोजना गरेकी छन् ।

 

राष्ट्रपति सीले प्रतिनिधिमण्डलस्तरको दुई पक्षीय वार्ता भने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 

वार्ताका क्रममा दुवै प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ छ । यस्तै सीले नेपालका अन्य वरिष्ठ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम मिलाइएको परराष्ट्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार