• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

पत्रकार शिवाकोटीलाई  ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’

काठमाडौं । हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो।

 

आगामी नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ।

 

शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको घटना पहिलोपटक सार्वजनिक गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार