• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

विजयचोक युवा क्लबलाई फुटबल उपाधी 

काठमाडौं । बिजयादशमीको उपलक्ष्यमा विगत ६ वर्ष देखि शुभारम्भ युवा क्लबले आयोजना गर्दै आएको फुटबल टुर्नामेन्टको उद्घाटन पहिलो सत्र माननीय सभासद प्रकाशमान सिंहद्धारा गरियो । 

 

वडा नं ९ भित्र गरिएको खुल्ला प्रतियोगितामा आठ टिमले भाग लिएका थिए । उक्त खुल्ला प्रतियोगिताको अन्तिम खेलमा विजयचोक युवा क्लबले तारा युवा क्लबलाई २–० ले पराजित गर्दै शिल सहित ५० हजार नगद उपहार आफनो पोल्टामा पारेको थियो । 

 

खेलको अन्तिम दिन माननीय प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ ९ नम्बर वडा सदस्य श्रीराम राई लगाएतले पुरस्कार वितरण गरेका थिए । पाचौं टुर्नामेन्टमा दोस्रो स्थान हासिल गर्न सफल भएको विजय चोक युवा क्लबले यसपटक झन आफुलाई उजगार गर्दै पहिलो हुन सफल भएको थियो । 

 

'गर्दा के हुँदैन भन्ने कुरा मनन गर्दै' यस युवा क्लबले बिभिन्न सामाजिक तथा खेलकुदका कार्यक्रमहरु गर्दै आएका कुरा क्लबका सचिव सन्तोष नेपालले बताए । टोलवासीहरुको यसैगरी साथ रहने हो भने हामीले क्लबलाई अझ माथी लान सक्छौं भन्ने दृडता सचिव नेपाल गर्छन । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार