• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

आज बिजयादशमी, टिकाको साइत १० बजेर ३५ मा 

काठमाडौं । आज विजयादशमी घटस्थापनाका दिन स्थापित घडाबाट अभिषेक गरी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ।

 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

 

सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ। तर बडा दशैं नेपालीहरूको साँस्कृतिक पर्वका रूपमा स्थापित हुदै आएको छ। बडा दशैं प्राय सबै नेपालीले विभिन्न तरिकाले मनाउने गरेका छन् । घटस्थापनाको दिनबाट विधिपूर्वक घर घरमा आह्वान गरी पूजाआराधना गरिने दुर्गादेवीलाई आजकै दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ।

 

देवी विसर्जनका लागि बिहान ८ बजेर ४५ मिनेटको समय उत्तम रहेको धर्मशास्त्रविद एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। टीका प्रसाद ग्रहण गर्नका लागि भने १० बजेर ३५ मिनेटको साइत उत्तम रहेको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताएका छन्।

 

१० बजेर ३५ मिनेटमा टीका शुरु भएपछि पूर्णीमा नसिकएसम्म मान्यजनका हातबाट टिका, जमरा तथा आशिर्वाद थाप्ने क्रम जारी रहनेछ। तुलजा भवानीलाई १० बजेर ५ मिनेट जाँदा आसनमा राख्न उपयुक्त साइत रहेकोे समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार