• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

जीप दुर्घटनामा तीनको मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

 

कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको सनाखत भएको छैन । 

 

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी  विजयराज पौडेलले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार