• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

महरालाई हिरासतमै अक्सिजन

काठमाडौं । कृष्णबहादुर महरालाई हिरासत कक्षमा अक्सिजन दिइएको छ । सिंहदरबार वृत्तको हिरासत कक्षमा रहेका उनलाई उच्च रक्तचापसँगै स्वासप्रस्वासको समस्या देखिएपछि स्वास्थ्य परीक्षण गरिएको हो।

 

उनलाई चिकित्सकको टोलीले स्वास्थ्य चेकजाँज गरेको थियो । महराले आवश्यक परेको समयमा अक्सिजन लिने र सामान्य अवस्थामा अक्सिजन मास्क खोल्ने गरेका छन् ।

 

महरालाई असोज १२ गते संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित शाहीले जबरजस्ती करणी उद्योगमा महराविरुद्ध शुक्रबार किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा आइतबार प्रहरीले महरालाई पक्राउ गरेको हो । 

 

दशैं बिदाका कारण अहिलेलाई उनीसँग नेपाल प्रहरीले मात्रै बयान लिने छ। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परीक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार