• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

नेपालको दोस्रो जित, करण बने नायक

काठमाडौं । टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ । करन केसीको अलराउन्ड प्रदर्शनसँगै नेपालले नेदरल्यान्ड्माथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

 

खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएकोमा करणले २ छक्का र १ चौका हान्दै पाँच बलमै नेपाललाई लगातार दोस्रो खेलमा विजयी बनाएका थिए । 

 

यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाउँदा  बिनोद भण्डारीले २६ रन जोडेका थिए । यस्तै करन केसीले १४ बलमा बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ३१ रन जोडे ।

 

यसअघि नेदरल्यान्ड्सका लागि म्याक्स ओडोडले ४४ बल खेलेर सर्वाधिक ४३ रन बनाएका थिए भने नेपाली बलरले दरो बलिङ गरेका थिए । नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए । 

 

नेपालका लागि करन केसीले ४ विकेट, सन्दीप लामिछानेले  सर्वाधिक ४ विकेट तथा ललितनारायण राजवंशीले १ विकेटको योगदान पुर्‍याए । नेदरल्यान्ड्सले १३ ओभर सकिँदा ९७ रन जोड पनि त्यसयता नेपाली बलरले उत्कृष्ट कमब्याक गराएका थिए ।  

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।  नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओडोडले सर्वाधिक ४३ रन बनाए ।

 

जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । नेदरल्याण्डको भने यो लगातार दोस्रो हार हो । अंक विहीन नेदरल्याण्ड पुछारबाट दोस्रो स्थानमा छ । पहिलो खेलमा नेदरल्याण्ड आयरल्याण्डसँग पराजित भएको थियो ।

 

अब नेपालले बुधबार आयरल्याण्डसँग र अन्तिम खेलमा नेपालले ओमानसँग बिहिबार गते खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार