• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
खेलकुद

टि–ट्वान्टी क्रिकेटमा हङकङविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौं । ओमानमा जारी टि–ट्वान्टी क्रिकेटमा हङकङविरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ । अल अम्रेट क्रिकेट मैदानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो ।

 

जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ रन जोडे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आरिफ शेखले २१ र सोमपाल कामीले १३ रन जोडे । पहिलो बलमा नै कप्तान पारस खड्कालाई गुमाएको नेपालले ब्याटिङमा खराब सुरुवात गर्यो । आरिफ २१ रनमा आउट भए । बिनोदले नटआउट ५८ रन बनाए । ४८ बल खेलेका बिनोदले ४ चौका र ३ छक्काको मदतले सो रन खडा गरेका थिए ।

 

टस जितेर नेपालले हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरमा हङकङले ६ विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि करन केसीले उत्कृष्ट बलिङ गरे । उनले हङकङका सुरुवाती तीन विकेट एकै ओभरमा लिएका थिए । करनले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट हात पारे ।

 

जितसँगै नेपालले १ खेलमा २ अंक जोडेको छ भने नेपाल तालिकाको दोस्रो स्थानमा छ । हङकङले २ खेलमा अंक जोड्न सकेको छैन । पुछारको हङकङ पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको थियो । ओमान २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो खेलमा नेदरल्याण्डसँग सोमबार खेल्नेछ । यस्तै आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार