• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

रहेनन् पत्रकार राजेन्द्रदेब आचार्य 

काठमाडौं । बरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्रदेब आचार्यको ६१ वर्षको उमेरमा आइतबार निधन भएको छ  । कलेजोको समस्या भए पछि  उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

२०४४ साल बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा सेवा गरेका आचार्यले नायब महाप्रवन्धक पदबाट अवकाश पाएका थिए । नेपाल टेलिभिजनमा २१ वर्ष समाचार प्रमुखका रुपमा काम गरेका आचार्यको चितन-मनन कार्यक्रम निकै लोकप्रिय थियो ।

 

परिवारमा एक छोरी, श्रीमती र आमा छन् भने छोराको केही समय पहिले अमेरिकामा हृदयाघातका कारण निधन भएको थियो । उनी लामो समय सम्म रत्न राज्यलक्ष्मी कलेज लगायतमा पत्रकारित विषयको प्रशिक्षणमा समेत सहभागी थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार