• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

'दशैंमा पहाड मामाघर गएको धेरै सम्झन्छु'

दशैं शुरु भयो होइन त ? 
दशैं लाग्यो नी । नेपालमा जस्तै अमेरिकामा पनि लाग्यो दशैं । 

 

देश बाहिर हुनुहुन्छ कसरी मनाउने योजना छ ?
मेरो सबै परिवार यतै छन् । त्यसैले एक्लै हुँला भन्ने छैन ।  दशैं भनेको उही मासु, टिका, जमरा, त हो नी । परिवारसँग नै रमाइलो गरिन्छ । 


 
बिदेश र स्वदेशको दशैंमा के फरक छ ? 
दशैं मनाउने तरिका त खासै फरक होइन । सबैतिर दशैं मनाउने तरिका उही नै हो तर इष्टमित्र, साथीभाई, मामाघर, बिशेष गरेर ससुराली सबै छुट्छन् यसमा चाँहि अलि दुख लाग्छ । 

 

 

दशैं के हो खास ?
दशैं नेपालीहरुको महना चाड हो जुन वर्षमा एकपटक आउँछ । दशैं  परिवार सँगको जमघट गर्ने, मिठो खानेकुरा खाने र नयाँ नयाँ पहिरन लगाउने चाड हो  । दशैंमा बच्चामा त खुब रमाइलो गरिन्थ्यो तर अब ठुलो भएपछि बच्चा बेलाको जस्तो हुँदो रहेनछ । मलाई दशैंको मुख्य कुरा भनेको मान्यजनहरुबाट टिका थापेर उहाँहरुको आर्शिवाद दिनु नै हो जस्तो लाग्छ ।

 

दशैंमा पशु बलि दिनुलाई कसरी लिनुभएको छ ?
यो परापुर्वकालदेखि चल्दै आएको कुरा हो । यसलाई बदल्न सकिन्न । दशैंको सन्दर्भमा पशुलाई दैँत्य महिषासुरका प्रतीक मानेर बलि दिइँदै आएको मान्यता प्रचलनमा छ। पशु बलि भनेको दशैंको एउटा उत्सव जस्तै हो भन्दा खासै फरक पर्छ जस्तो मलाई लाग्दैन । 


तपाई मासंहारी कि शाकाहारी ? 
म मासंहारी हो । मासु खानको लागि दशैं नै कुर्नुपर्छ भन्ने लाग्दैन ।

 

दशैं बिदेशमा रमाइलो कि स्वदेशमा ? 
सबै परिवार यतै भएको हुनाले आफुलाई त यतै रमाइलो भन्नुपर्यो । तर जे जस्तो भएपनि आफनो देशमा जस्तो रमाइलो त अरु कहाँ हुन्छ र । 

 

 

दशैंमा नेपालको के कुरा धेरै सम्झनुहुन्छ ?
दशैमा पिंङ खेलेको, चंगा उडाएको, साथीभाईसँग गुच्चा खेलेको र पहाड मामाघर गएको धेरे सम्झन्छु । 

 

देश बाहिर हुँदा दशैंमा कतिपटक स्वदेश आउनुभयो ?
म बिदेशिएको आज १० वर्ष त्यसमा दशैंमा एकपटक मात्र नेपाल आएको छु ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार