• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कलाकारको दशैं

फ्रेसन्युज संवाददाता, काठमाडौं । दशैं भनेपछि मिठो खाने रमाइलो गर्ने आम मानिसको धारणा हुन्छ । यो कुरामा नेपाली चलचित्रका कलाकारहरु पनि कम छैनन् । अहिले दशैंको रौनक चारैतीर शुरु भइसकेको छ । कलाकार पनि दशैंको तयारीमा जुटेका छन् । कोही बाहिरिने तयारीमा छन् भने कोही राजधानीमा नै दशैं मनाउने योजना बनाउँदै छन् । 

 

अहिलेसम्म दशैं योजना भनेर त्यस्तो केही नबनाएको संगीतकार शम्भुजित बास्कोटा बताउँछन् ।  उनी भन्छन्, दशैं भनेको, ‘सबै परिवार एकैठाउँमा भेला भएर टिका लगाउने र मिठो खाने  रमाइलो गर्ने हो’ । ‘बाल्यकालको दशै एकदमै रमाइलो हुन्थ्यो अहिले हामीलाई भन्दा पनि हाम्रा बच्चाहरुको लागि हो यो दशै ।’ दशै भनेको भाइचारा बृद्धि गर्ने चाड हो । आफु मांसहारी भएपनि एकदमै बिचार गरेर मात्र खानेकुराहरु खाने उनले भने ।

 

दशैं भनेको परिवार सँगको जमघट गर्ने, मिठो खानेकुरा खाने र नयाँ नयाँ पहिरन लगाउने चाड हो भन्छन् रंगकर्मी रविन्द्र झा । उनी भन्छन्, बच्चामा त खुब रमाइलो गरिन्थ्यो तर अब ठुलो भएपछि बच्चा बेलाको जस्तो हुँदो रहेनछ ।

 

दशैं कसरी मनाउने त ? दशैं मनाउने सबैको आ–आफ्नो अलग–अलग तरीका हुन सक्छ । दशैं , बिदा र खानपान एक अर्काका पर्याय रुपमा पनि औंल्याउन सकिन्छ । बडा दशैंमा हाम्रो खाना अनियन्त्रित नै हुन्छ, माछा, मासु तथा चिल्लो बढी नै हुन्छ यो चाडमा ।

 

दशैंको मुख्य कुरा भनेको मान्यजनहरुबाट टिका थापेर उहाँहरुको आर्शिवाद पाउनु नै हो भन्छिन्, नायिका झरणा थापा । आफुलाई दशैंमा चंङगा उडाउने र साथीभाईहरु जम्मा गरेर पिङ खेल्ने कुराहरु एकदमै रमाइलो लाग्ने थापाले बताइन । आफु मांसहारी हुँ र मासुमा पक्कु एकदमै मन पर्ने उनले बताइन । तर यसको यो अर्थ होइन कि खाने भन्दैमा मनलागि तरिकाले खाने । दशैंमा आफनो शरिरको पनि हेरचाह गर्नु एकदमै जरुरी छ, थापाले बताइन । 

 

दशैं एउटा परम्परा र संस्कृति भएको हास्य कलाकार मनोज गजुरेल बताउँछन । दशैंले आफन्तजनसंग भेट गराउने काम गर्छ । कलाकार गजुरेल भन्छन्, दशैंको दक्षिणा सँग जोडिएर आउने गतिवधि र पशुलाई बलि दिने चलन हटाउनु पर्छ । मासु खानेको लागि दशैं नै कुर्नुपर्छ भन्ने पनि छैन । दशैंमा नै टन्न मासुभात खानु पर्छ भन्ने पनि छैन, उनले भने । बिगत दुई वर्षदेखी शाकाहारी भएको उनले बताए । 

 

कलाकार हुनु अघि र भइसकेपछि दशैंमा खासै भिन्नता नपाएको बताउँछन् कलाकार दयाहाङ राई ।  सानो हुँदा दशैमा खुब फुटबल खेलिन्थ्यो । सबैजना भेला हुने भएकोले पनि होला दशैंमा फुटबल खेलेर खुब रमाइलो गरिन्थ्यो तर आजभोली त्यस्तो फिल नै हुदैन, राईले भने । अहिलेको दशैं भनेको हाम्रो लागि भन्दा पनि बच्चाहरुको लागि महत्वपुर्ण हो । दशैंमा धेरैं मासुको परिकार खाने गरेको उनले सुनाए । दशैं मात्र होइन कुनै पनि चाडपर्व माछामासु बिना अपुरो हुने उनको अनुभव छ । 

 

दक्षिणा भनेको अर्शिवाद हो जति दिए नी लिनु पर्यो नी भन्दै थिए हास्य कलाकार जीतु नेपाल ।  मासु खान दशैं नै कुरिरहनु पर्दैन, दशैले टाढा भएका आफन्तलाई मिलन गराउँछ । सबैलाई एकै ठाउँमा जमघट गराउने चाड हो । यसलाई रमाइलो र उत्साहका साथ मनाउन जरुरी छ, भएको   हास्यकलाकार नेपाल बताउँछन ।

 

असोज महिनाको शुक्ल पक्षको दशमी तिथिको दिनलाई दशैंको प्रमुख दिनको रुपमा मानिन्छ । भगवान् रामले यसै दिन रावण को वध गरेका थिए । यसलाई असत्य माथि सत्य को विजयको रूपमा लिईन्छ । त्यसैले दशैंको यस दिनलनाई बिजया दशमी भनिएको हो । वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने उदेश्यले यो कार्य पूणिर्मासम्म गर्ने गरिएको हो । आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार