• सोमबार ६-२७-२०७६/Monday 10-14-2019
डबली

कविता : परीक्षा

सन्नाटा छाएको कोठामा
एकलौटी ढुकढुकी बोकेर
बसेको छु प्रतीक्षामा
परीक्षाको.......

 

एउटा जीवन उमार्ने 
प्रश्न चिन्हहरूको  भेल बग्छ
उमेर नै मौलाउने 
आकांक्षाका फुलहरू फूल्छन्
जवानी लुट्ने ती
प्रखर वाक्यहरूको सामना गर्न
त्यो कोठामा म प्रतिक्षा गरेको छु
परीक्षाको .....

 

अनुभवका अध्यायहरू
शब्दमा उनेर सजाउनु छ 
पसीनाको मूल्य 
उत्तर पुस्तिकामा अटाउनु छ
चोट र शोकका काव्यहरू
पर्गेल्नु छ यहाँ 

 

मनको क्रान्ती हुँदाहुँदै पनि
भ्रान्तीपनमा शान्ती रहेको यो जीवनलाई
म कुन पूर्ण विराम लगाई दिउँ ?

 

न त कुनै दनक छ भाग्यको
न त कुनै छनक मै
निराश भएर जान्छ होला
परीक्षा हलमा 
म कसलाई नै उत्तर दिउँ र ?

 

आफै नायक आफै उनायक हुँ
आफै बिलेन आफै निर्देशक हुँ
न त सरकारको खाँचो छ 
न त कुनै समाजको दरकार नै 

 

बारबार एउटै प्रश्न सोध्छु
त्यो परीक्षा कोठामा
मान्छे मुटुले पागल हुन्छ की
मस्तिष्कले ????? 
र मुटुले हुने र 
मस्तिष्कले हुनेमा 
भएको अन्तरको अन्तरक्रिया गर्छु
र सोध्छु म 
बारबार सोध्या सोधै छु 
त्यो प्रश्नको उत्तर लिन 
पागल हुन्छन् किन ? 
यो बुझ्न 
म परीक्षा गर्दैछु

 

यो सन्नाटा छाएको कोठामा
मैंले फेरेके सास र 
रोक्न नसकेको घडिको कांटाको
धून मात्र छ 

 

तर हामी मौंन छौं
किनकी यो परीक्षा कोठा हो
धमिलो परीक्षा कोठा......

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार