• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

बडादशैंको शुभकामना 

के लछार्छ बजार भाउले, बजारै नगयो भने ?

 

ब्यर्थै पैसा नफाल्दैमा, जाओस इज्जत गयो भने !

 

बर्षभरिको झिकी झोक, काटौ बोका खसी सब,

 

कट्नै पर्ने त अरु नै छन्, त्यसमै चित्त बुझाउँ अब !

 

स्वस्थकर सुपच खाना, मज्जासंग खाने हो 

 

हाँसखेल गर्दै सबैसंग मिलि दशैँ मनाउने हो । 

 

सवैको मन, परिवार, इस्टमित्र, साथी संगतीमा विजय उत्सवको अनुभूति होस्, मेरो शुभकामना छ।  

 

ओम् शान्ति शान्ति शान्ति

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार