• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

गायक पोखरेलको ‘अल्कोहोलिक लभ’ दलित बस्तीमा बिमोचन

बिराटनगर । गायक सिताराम पोखरेलले आफनो जन्मदिनको अवसरमा दलित बस्तीका बालबालिकाहरूको हातबाट आफनो सातौँ गीति एल्बम बिमोचन गरेका छन् । शुक्रबार विराटनगर महानगरपलिका–१६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाहरूसँग केक काटेर आफ्नो जन्मदिन मनाउँदै उनले सातौँ गीति एल्बम ‘अल्कोहोलिक लभ’ बिमोचन गरेका हुन् ।

 

दरैयाबस्तीको ऋषिदेव वस्तीमा रहेको बालकेन्द्र भवनमा ७५ वर्षीय बलदेव ऋषिदेवलाई प्रमुख आतिथ्यमा  गायक पोखरेलले  ‘वर्थडे केक’ काटेर जन्मदिन मनाएका थिए । उनले सबै बालबालिकाहरूलाई केक, चकलेट दिँदै कापीकलम पनि बाँडे र अन्त्यमा गीति एल्बम ‘अल्कोलिक लभ’ बिमोचन गरेका थिए ।

 

आफ्नो जन्मदिनको अवसरमा जन्म दिन मनाउन दलित बस्तीमा पुगेका गायक पोखरेलले बालकेन्द्रका लाथी बिजुली बत्तिकाको वायरिङ गरिदिने घोषणा गरे । विराटनगर महानगरका १६ नम्बर वडा अध्यक्ष मनोज सुब्बा, गायक रामानन्द मण्डल, हाँस्यकलाकार पारस थापा र बालकेन्द्रका स्वयंसेवक राजु क्षेत्रीलगायतले गायक पोखरेललाई धन्यवाद दिएका थिए  । 

 

बिमोचित एल्बम ‘अल्कोहोलिक लभ’ मा दुईवटा छायाङ्कन सहित छ वटा गीत छन् भने यस भिडियोको निर्देशन सुव्रत आर्चायले गरेका हुन । 

 

गायक पोखरेलले बिगत १५ वर्षदेखि निरन्तर गरिब र असाहयहरूमाझ जन्मदिन मनाउदै आएको जानकारी दिए । उनले  कलाकारहरूले वर्षमा एक दिन समाजसेवामा योगदान दिन सके समाजको शैक्षिक स्तरबृद्धि र गरिबी निवारण गर्न सहयोग पुर्याउने बताए  ।

 

नेपाल–भारत सीमा क्षेत्रमा रहेको उक्त्त ऋषिदेव बस्तीमा ४० घरपरिवार भूमीहिन बसोवास गर्छन् । उनीहरू सबै जनमजदूरी गरेर जीविका चलाउँछन् । यो बस्तीमा कक्षा ४ भन्दा धेरै पढने कोही बालबालिकाहरू छैनन् । यसैले यहाँ लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा स्थानीय अपांङगता भएका व्यक्ति राजु क्षेत्रीले निःशुल्क पढाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार