• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

डा. भगवान कोइराला सहित ३ जनाको नाम त्रिविको उपकुलपतिमा सिफारिस

काठमाडौं । डा. भगवान कोइराला सहित तीन जनाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा सिफारिस गरिएको  छ ।

 

कोइरालाको नाम पहिलो नम्बरमा छ भने दोस्रो र तेस्रो नम्बरमा डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम रहेको छ ।

 

डा. कोइराला त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशकसमेत बनेका थिए । तर, कार्यकारी निर्देशक बनेको १ सय ८ दिनमै उनले पदबाट राजीनामा दिएका थिए ।

 

डा. बास्कोटा भने नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकाश पाएका व्यक्ति हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जका नाक, कान, घाँटी रोग विशेषज्ञ पनि हुन् ।

 

यस्तै डा. पौडेल त्रिविका पूर्वरजिस्ट्रार हुन् । तथ्यांकशास्त्रका प्राध्यापक उनलाई सरकारले २०७४ मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार