• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

नयाँघरेको ‘तनक्खा’ विमोचन

काठमाडौं । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको नयाँ कृति ‘तनक्खा’  विमोचन  गरिएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो ।

 

नेपाल म्यानमारमैत्री परिषद्का अध्यक्ष शंकर घिमिरेले पुस्तकको विमोचन गर्दै यो कृतिले नेपाल र बर्मामा रहेका नेपालीको धर्म, संस्कृति र जीवनशैली चिनाउन मद्दत पुग्ने चर्चा गरे।उनले भने , ‘धेरै नेपाली रोजगारीसँग गाँसिएर बर्मा पुगे पनि उनीहरूले आफ्नो परम्परा र पहिचान जोगाइरहेकै छन् । तनक्खामा यसको अत्यन्तै राम्रो वर्णन पाइन्छ।’

 

नयाँघरेको आफ्नोपन र खुबी  ‘तनक्खामा’ पोखिएको समालोचक महेश पौडेलले  बताए । उनले नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिने समेत जनाए  ।

 

अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकालीले नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक रहेको बताउँदै नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले वर्मालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको समेत बताए ।

 

कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । नयाँघरेका १६ वटा कृतिमा यस अघि ७ वटा नियात्रा कृति आइसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार