• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

नेकपाकी वडासदस्य कांग्रेसमा प्रवेश

सोलुखुम्बु । सोलुखुम्बुमा नेकपाबाट निर्वाचित वडासदस्य वैशलक्ष्मी विश्वकर्मा मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी वडासदस्य विश्वकर्मा पार्टीकै नेताहरूले विभेदकारी व्यवहार देखाएको र दलित समुदायका लागि कुनै योजना नदिएको आरोप लगाएकी छन् ।

वडासदस्य विश्वकर्मालाई नगरपालिकाकी प्रवक्ता शारदामाया तामाङले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् ।

 

विश्वकर्माले वडामा हुने कार्यक्रममा चियाबिस्कुट खाँदासमेत विभेद गरेको, वडाको बजेट र योजनाबारे चासो राख्दा सूचना नदिएको, अनपढ भएको भन्दै हेप्ने गरेको र दलित समुदायको आवश्यकतालाई ध्यानमा नराखिएकाले पार्टी परिवर्तन गर्न बाध्य भएको उल्लेख गरिन् ।

 

नेपाली कांग्रेस वडा एकाइ समितिको आयोजनामा भएको दसैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यपालिका सदस्य गान्धीमाया तामाङ, कांग्रेस नेत्री टंकीमाया बस्नेत, स्थानीय समाजसेवी दोर्जी शेर्पा, नेपाल दलित संघका कोषाध्यक्ष अर्जुन नेपाली, एकाइ सभापति भलाकाजी कार्कीलगायतले बोल्दै नेकपा नेतृत्वको संघीय सरकारले करको भारी बोकाएको आरोप लगाएका थिए ।नागरिकबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार