• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

महरा यौन दुर्व्यवहार प्रकरण : प्रहरीले शुरु गर्‍यो अनुसन्धान

काठमाडौं । सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार प्रकरणको प्रहरीले अनुसन्धान शुरु गरेको छ । महराले राजीनामा दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया शुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले  बताए। उनले अहिले घटनास्थल र प्रमाणहरु सुरक्षित गर्ने कार्य भइरहेको जानकारी दिए । 

 

यौन दुर्व्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। यस्तै प्रहरीले कल डिटेल र सामाजिक सञ्जालमार्फत भएका कुराकानीबारे समेत अनुसन्धान थालेको छ।

 

यसै विषयलाइ लिएर गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शान्ति सुरक्षा महाशाखा प्रमुख रामकृष्ण सुवेदीबीच गृहमन्त्रालयमा छलफल भएको छ। महरालाइ नियन्त्रणमा लिएर छानविन गर्नुपर्ने आवाज उठेपछि त्यस विषयमा सुरक्षा  निकायका प्रमुखहरूबीच छलफल भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार