• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सभामुख महराद्वारा पदबाट राजीनामा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिएका हुन् ।

 

महराले राजीनामा दिएपछि विज्ञप्ति जारी गर्दै  छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् । महराले विज्ञप्तिमा भनेका छन् , ‘आफुमाथि झुटो आरोप लगाइएको कारण स्वतन्त्र निष्पक्ष छानविन होस् भन्दै छानविन प्रक्रिया नसकिदासम्मको लागि  राजिनामा दिएको  छु।’

 

आज बिहान प्रधानमन्त्री ओलीले र नेकपा अध्यक्ष प्रचण्ड पुष्पकमल दाहालले सभामुख महरालाई राजीनामा दिएर घटनाको निष्पक्ष छानविनका लागि मार्ग खोलिदिन आग्रह गरेका थिए।

 

सचिवालयमा कार्यरत एक महिलाले आफ्नो डेरा तीनकुनेस्थित आइतबार राति कोठामा पुगेर जबर्जस्ती करणी गरेको आरोप लगाएपछि उनी माथि राजिनामा दिन चौतर्फी दबाब बढेको हो।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार