• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

नौ अभिनेत्रीलाई राष्ट्रिय नवदुर्गा सम्मान

काठमाडौं । रक्षा नेपालको सहयोगार्थ राष्टिय नवदुर्गा सम्मान तथा सांस्कृतिक कार्यक्रममा नौ जना अभिनेत्रीलाई  सम्मान गरिएको छ । प्रमुख अतिथि उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले नौ अभिनेत्रीलाई सम्मान गरेका हुन । 

 

सम्मानित हुनेहरुमा भुवन चन्द, बसुन्धरा भुषाल, गौरी मल्ल ,करिष्मा मानन्धर,नम्रता श्रेष्ठ, दीपाश्री निरौला ,रेखा थापा,सञ्चिता लुइटेल र स्वस्तीमा खड्का रहेका छन । सोमबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नायिकाहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

 

रेजिना फिल्मस् प्रा.ली र सहिद फिल्मस् प्रा.लीले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू रहेको थियो । कोरियोग्राफिर गजित विष्ट र गम्भीर विष्टले सँगै नृत्य गरेका थिए ।

 

यस्तै अञ्जली अधिकारी, यसराज गराज, नरेशविर सिंह, निराजन प्रधान, पवित्रा आचार्य लगायतका कलाकारले प्रस्तुति दिएका थिए । कार्यक्रममा गायक आनन्द कार्कीले आफ्ना पुराना लोकप्रिय गीत गाएका थिए ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार