• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

अतीत सम्झँदै मञ्जुलले सार्वजनिक गरे ‘सम्झनाका पाइलाहरू’

काठमाडौं । कवि, गीतकार तथा गायक मञ्जुलले गीति-यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरू’  सार्वजनिक गरेका छन् । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्र पलेँटीुमा आफ्ना गीत सुनाउँदै १२ गते आइतबार साँझ सो पुस्तक विमोचन भएको हो ।


नेपाली साहित्यिक र सांगीतिक क्षेत्रमा अलग्गै स्थान लिएको राल्फा अभियानका अगुवा मध्येका व्यक्तित्व हुन कवि मञ्जुल । ुसम्झनाका पाइलाहरूु कवि मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो । वि.सं. २०४४ सालमा पहिलोपल्ट प्रकाशित यस पुस्तकलाई पब्लिकेसन्स नेपालयले ‘नेपालय- क्लास्सिक’ अन्तरगत पुनः प्रकाशित गरेको हो ।

 
आइतबारको पलेँटीमा मञ्जुलले अनुभव बटुलेको उनको विगतको सांगीतिक यात्राको चर्चा भएको थियो । कार्यक्रममा उनले रचना गरेका आठवटा गीतहरू प्रस्तुत भएका थिए । कार्यक्रममा राल्फाकाल र त्यस वरपरको समयको चर्चा भएको थियो । 


कार्यक्रमको शुरुवात मञ्जुलको शब्दमा रामेशले धुन भरेको गीत ‘कार्यशील जिन्दगी, बगिरहने नदी हो’ बाट भएको थियो । सामुहिक स्वरमा सुहाउने यो गीतमा मञ्जुललाई पलेँटी टीमले साथ दिएको थियो । दोस्रो प्रस्तुतिमा पनि रामेशकै संगीतमा बाँधिएको ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ रहेको थियो । 


दोस्रो गीतको प्रस्तुतिसँगै मञ्जुल आफ्ना अतीतका दिनलाई खुलेर सम्झना गरिरहेका थिए । ‘त्योबेला म राष्ट्रबैँकमा जागिरे थिएँ । रामेश, रायन, अरिम रेडियोमा लोकगीतहरू गाउँथे । संजोगले उहाँहरूसँग परिचय भयो । गीत संगीतमा मेरो पनि रुचि थियो । म पनि सँगै गाउन थालेँ । रेडियोमा गाएको पारिश्रमिक राष्ट्र बैँकमार्फत् लिनु पर्थ्यो । आफैँ कार्यरत बैँकबाट एकदिन पोल खुल्योस हाम्रो पारिश्रमिक त किर्ते गरेर रेडियोकै अन्य कोहीले खाँदा रहेछन् ।

 

त्यो फटाईँ विरुद्ध हामीले मुद्दा हाल्यौं । त्यो घटनाले हाम्रो रेडियो नेपाल जाने बाटो बन्द भयो । त्यसपछि गीत, संगीतमा लाग्ने अरु बाटो खोज्दा ‘राल्फा’ बन्यो । राल्फाले फरक खालका प्रयोगवादी सृजनाहरू सृजना गर्न थाल्यो ।‘ मञ्जुलले विगतलाई सरसर्ति सम्झिए ।


कार्यक्रमको तेस्रो प्रस्तुति मञ्जुलले भने झैँ साँच्चै नौलो प्रयोगको गीत थियो । मञ्जुल रामेशले जनतालाई गीत सुनाउने यात्राको प्रारम्भमा राल्फाका अमूर्त गीत पनि सुनाउथे । त्यस्ता गीतलाई त्यसबेलाका बामपन्थी युवाहरूले रुचाउदैनथे र खरो आलोचना गर्थे ।

त्यसपछि मञ्जुलले आफ्नो गीत लेखनको धारलाई जनपक्षीय बनाए । उनले लेखे ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू, हाम्रा गीतहरू’ पलेँटीको टीमले यो गीत गाउँदा दर्शकदीर्घाबाट राल्फाका अर्का गीतकार निरन पनि गुनगुनाइरहेका देखिन्थे । कार्यक्रममा राल्फाका अर्का सदस्य विमल राल्फाको पनि उपस्थिति थियो ।


तेस्रो प्रस्तुतिले नेपाली समाजमा संगीतको सेवा गरेर जीवन गुजार्ने गान्धर्व समुदायलाई सम्मान व्यक्त गरेको भान हुन्थ्यो । सरल लोकभाका शैलीमा बनेको गीतलाई दर्शहरू पनि गुनगुनाइरहेका सुनिन्थे ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा’ । कुनै बेला गीतार हातमा लिएर गाउन रुचाउने मञ्जुल आज भने बिना गिटार मग्न भावमा गाइरहेका देखिन्थे । 


चौथो गीत देशप्रेमलाई कलात्मक भावधारामा बहाउन सक्षम गीत थियो । विगतका पलेँटीमा यो गीतलाई मूल गायक कुमार सुब्बा र मीना निरौलाले संगीतकार कर्म योञ्जनले भरेको धुनमा सुनाएका थिए तर आजभने रामेशकै संगीतमा गुञ्जिएको थियो । मेरो सानो मुरलीमा मेरो देश नअट्ला तर मेरो मुरलीले भका राखूँ भन्छ’ ।


कार्यक्रमको दोस्रो चरणमा कवि मञ्जुलले केही पुराना कविताहरू वाचन गरेका थिए । उनले आफ्नो पुरानो कविता सँग्रह ‘गायक यात्री’बाट त्यही शीर्षकको कविता लगायत ‘गीतार’ शीर्षकको कविता सुनाएका थिए । कवि मञ्जुलका पहिलो चरणका कविताले सामाजिक र राजनैतिक परिवर्तनको पक्षधरता लिएका पाइन्छन् ।


कविता वाचन पश्चात विगतमा उनीसँग नजिकबाट संगत गरेका तथा संगीत र साहित्यमा गहिरो अभिरुचि राख्ने राजनैतिक व्यक्तित्व रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राखेका थिए । रघु पन्तले मञ्जुल र रामेशसँगको संगतको प्रसंग कोट्याउँदै विगतका क्षणहरूको व्याख्या गरे ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार