• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

तनहुँमा कांग्रेस नेता मिनेन्द्र रिजाललाई नेकपा कार्यकर्ताले बाटो छेके

तस्वीरः ओमकार आचार्य

तनहुँ । नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका केन्द्रीय संदस्य पूर्वमन्त्री मीनेन्द्र रिजालको बाटो छेकेका छन्। तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि आएका रिजाललाई नेकपाका कार्यकर्ताले बाटो छेकेर  अवरोध गरेका हुन्।

 

दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्’ रिजालले भने।

 

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन काँग्रेस नेता रिजालबाट गराउने निर्णय गरेको थियो । गाउँपालिकाको निर्णयका विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी रहेको बताइएको छ ।

 

यसैबीच काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेर गाउँपालिका भवन उद्घाटनका लागि अतिथिलाई कुरेर बसेका लाखौ जनतामाथि अपमान गर्दै नेकपाका कार्यकर्ताले ‘मण्डले’ शैलीमा रिजाललाई अवरोध गरेको बताएका छन् । 

 

‘पञ्चायतका मण्डलेहरुको शैली अनुसरण गर्दै नेकपाका नेता–कार्यकर्ता फाँसीवादी र अधिनायकवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु,’ नेता पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । सरकारको मण्डले शैलीमाविरुद्ध लोकतन्त्र जोगाउनका काँग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार