• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

भारतलाई साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि, बंगलादेश २-१ ले पराजित

काठमाडौं । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो । यस अघिको दुई संस्करण नेपालले जितेको थियो ।

 

खेलको दोस्रो मिनेटमा भारतलाई जित दिलाउन विक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । यता बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए थिए ।

 

एक गोलले पछि परेको अवस्थामा २३ औं मिनेटमा दुबै टिमका खेलाडी विच अभद्र ब्यवहार भएपछि भारतका गुरकिरत र बंगलादेशका मोहम्मद फाहिमले रातो कार्ड पाए । जसका कारण दुबै टिम १० खेलाडीमा झर्न पुगेका थिए । खेलमा बंगलादेश ९ खेलाडी र भारत १० खेलाडीमा सिमित रहेर प्रतिस्पर्धा गरेका थिए ।

 

च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भएको छ । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले हराएको थियो ।

 

फोटो : नेप्लिज डटकम

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार