• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज पनि सुनचाँदीको भाउ ओरालो लागेको छ । आज सुनमा प्रतितोला ६ सय रुपैयाँले घटेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार २०० मा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ८०० मा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज प्रतितोला रु ६०० ले घटेको छ । 

 

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ७० हजार ५०० मा कारोबार भएकोमा आज भने प्रतितोला रु ६९ हजार ९०० मा कारोबार भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ६०० ले घटेको हो । 

 

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार