• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

अभिभावक र विद्यार्थीले दिए चितवन मेडिकल कलेजलाई २४ घण्टे ‘अल्टिमेटम’

चितवन । चितवन मेडिकल कलेजलाई विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन्।

 

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा  विद्यार्थीबाट बढी असुलेको पैसा असोज १० गतेभित्र फिर्ता गर्ने कलेजले सहमती जनाएको थियो ।  सो प्रतिबद्धता अनुसार पैसा फिर्ता नगरेपछि चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले संयुक्त प्रेस बिज्ञप्ति निकाली अल्टिमेटम दिएका हुन्।

 

१० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो। तर अहिलेसम्म भर्पाइ दिने र लिइएको बढी शुल्क फिर्ता गर्ने तर्फ कलेजले आलटाल गरेपछि विद्यार्थी र अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका हुन्।


सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार