• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

बुुद्ध एयर देखि रिगलसम्मको यात्रा

काठमाडौं । ‘नसोचेको हुन्छ भन्छन्, त्यस्तै भयो’ बबिता मानन्धरले भेटमा सुनाइन । उनी सँगको झण्डै ४५ मिनेटको कुराकानी सुनेपछि म पनि सहमत भए । एउटी आमा जो आफ्ना जुम्ल्या छोराहरु हुर्केाउँदै काममा खटिएकी छन् ।

 

काम प्रति उनको लगाव देखेर मलाई लोभै लाग्यो । महिलाहरु सन्तान जन्मिएपछि गर्दै आएका कामहरु पनि पुर्णविराम लगाउँछन भन्ने कुरा उनी मान्न तयार छैन् । ६ बर्षका छोराहरुको रेखदेख पठन पाठन र रिगल व्युटी स्टेशनलाई उनले राम्रोसँग अघि बढाएकी छिन् । उनको यो काममा उनी मात्रै नभएर उनको श्रीमानले पनि साथ दिएका छन् । मल्टी मिडियामा पोख्त सहकर्मी एलिना ठकुरी मेकअप आर्टिस्टका रुपमा उनीसँगै काम गर्छिन र रिगल कि पार्टनर पनि हुन ।  

 

‘कुनै काममा इच्छा भयो भने पढाई जे बिषयमा गरे पनि केहि फरक नपर्ने रहेछ’ मानन्धरले अनुभव सुनाइन । काम सानो ठूलो भन्ने हुदैंन । कामको सम्मानले नै सबै कुरा दिन्छ, खुसी दिन्छ । एयर होस्टेसका रुपमा काम गर्दा उनले असक्त र विरामी प्यासेन्जरलाई केयर गरिन र अहिले तीनै हात मेकअप आर्टिस्टका रुपमा पोख्त हुँदैछन ।

 

काम गर्न रहर र फरक गर्न सक्छु भन्ने सोच भयो भने जुनै पेशा पनि अपनाउन सकिन्छ भन्ने उदाहरण हुन बविता र एलिना । केहिले बवितालाई विदेश जान पनि सुझाए । ‘मेरो पढाई राम्रो थियो, अंग्रेजी भाषामा राम्रो ज्ञान थियो, केहि साथीहरु विदेशी एयर लाइन्सहरुमा अवसर देखे र उतै गए मलाई पनि राम्रा अवसरहरु थिए तर मैले नेपाल मै बसेर केहि गरौं भन्ने सोचेर यो काम सुरु गरे’ किन पेशा परिर्वतन गर्नुभयो भन्ने प्रश्नमा उनले सुनाइन । काम आखिर काम नै हो जहाँ भए पनि खटिनु पर्छ ।
 

 

बच्चाहरुबाट टाढा हुन मनले मानेन
बच्चा जन्मेपछि उनीहरुबाट टाढा हुन मनले मानेन । काम त पछि पनि गर्ने सकिन्छ तर उनीहरुसँग हुनुपर्ने समय फ्लाइटमा रमाउन उनको मनले दिएन । ‘बच्चाको लालन पालनमा रमाइरहेकी थिए । कामलाई निरन्तरता दिन भन्दै कार्यलयबाट फोन आइरन्थ्यो तर साना बच्चाहरुलाई छोडेर आकाशमा रमाउन सकिन’ उनले सुनाइन । बुद्ध एयरमा काम गर्दा उनले कुनै दिन समय तालिका भुलिन्न । जुनियर देखी उच्च तहका कर्मचारी सबैले उनलाई चिन्थे । साधारणसभा देखी हरेक कार्यक्रमहरुमा उनले नै उदघोष गर्थिन ।

 

मिस नेपालमा टप फाइभ सम्मको यात्रा 
बबिताले एकपछि अर्को गर्दै नयाँ र फरक अनुभव संगालिन । पछिल्ला १३ बर्षमा उनले जे अनुभव हासिल गरिन ती सबैलाई उनले उर्जाका रुपमा बुझेकि छन । सन २००७ को मिस नेपाल कि टप फाइभ हुन बविता । बुद्धएयरमा काम सुरु गरेको दुई बर्षपछि उनी मिस नेपालमा सहभागी भइन । मिस नेपालको त्यो यात्राले उनको व्यक्तिवमा थप निखार ल्यायो । ‘काममा नयाँ थिए तर पनि आत्मविश्वास थियो म भित्र , त्यहाँ मैले व्यक्तित्व बिकासका धेरैं सिपहरु सिके । सितास्मा चन्द मिस नेपाल भइन ।’ उनले थप सुनाइन । साथीहरुले मोडलिङ्गमा जान सुझाए । हाइट पनि राम्रो छ । राम्रो बोल्न सक्छौं । बवितालाई पनि लाग्थ्यो अवसरहरु लाईन लागेर आइरहेका छन ।

 

बिएसीको पढाई पुरा गरेकी बविताले १२ बर्ष बुद्ध एयरमा एयर होस्टेसको रुपमा काम गरिन । स्नातक पहिलो बर्ष पढ्दैं गर्दा सुरु गरेको कामले उनलाई धेरैं सिकायो । जिवनको सबैभन्दा रमाइलो समय कसरी बित्यो थाहै भएन । देश बिदेशका दर्जनौं सहरहरु घुमिन देखिन जसले उनी भित्रको जिवन प्रतिको बुझाई झनैं फराकिलो बन्दै गयो । काम जे गरे पनि खुसी हुनुपर्छ भन्ने उनले सिकिन ।
 

श्रीमानको साथ र सहयोगले नयाँ काममा उर्जा थप्यो
कार्यक्रमहरुमा उदघोषण गर्न रुचाउने बविताले दर्जनौं कार्यक्रमहरु संचालन गरिन । कार्यक्रम कै दौरानमा प्रकाश कायस्थको नजरमा बवित परिसकेकी रहिछन । सिन्धुली घर भएका प्रकाश बुद्ध एयरमा व्यवस्थापनमा काम गर्थे । कार्यक्रमहरुमा भेटघाट हुन्थ्यो । उनले प्रकाशको नाम पनि उच्चारण गरिन । तर बबितालाई के थाहा पछि उनै प्रकाश जीवनसाथी हुन्छन भनेर । अहिले सम्झदा हाँसो उठ्छ । ‘एउटै कम्पनीमा काम गर्‍यौ, देखा देख हुन्थ्यो तर खासै कुरा भने हुदैंन्थ्यो । भेटहरु बढ्न थाल्यो । राम्रो साथी भयौं, परिवारका सदस्यहरुले नै कुरा अगाडी बढाउनु भयो ।’ बालाजुकी बबिता र सिन्धुलीका प्रकाशसंगै जिवन बिताउन राजी भए । प्रकाश अहिले पनि उही कम्पनीमा काम गर्छन । रिगल ब्युटी स्टेशनको सल्लाहकार भने प्रकाश नै हुन । श्रीमानको साथले गर्दा बबिताको कामले थप उचाई लिदै छ । बिहान ९ बजे नै उनी रिगल आइपुग्छीन । तालिम कक्षाहरु पनि संचालन गरेकी छन ।

 

 

कामको सम्मान र टिम वर्क
सौन्दर्य क्षेत्रमा पनि नयाँ नयाँ प्रयोगहरु भित्रिदै छन्, सबै कुरामा जानकारी राख्न रुचाउने बविताले युटुबबाट सौन्दर्य क्षेत्रमा भएका नयाँ प्रयोग अध्यन गर्दै तालिमका सहभागिलाई समेत प्रशिक्षण दिन्छिन ।

 

अनलाइन मार्फत उनले आफ्नो व्यवसायलाई  फराकिलो बनाउँदै लगेकी छन । सौन्दर्य सम्बन्धी सेवा तथा तालिमहरु लिन अनलाईनबाटै बुक गर्ने सक्ने सुविधा छ । आइटीमा स्नातक गरेकी एलिनाले अनलाईनबाट गर्नुपर्न सबै कामलाई व्यवस्थान गर्छिन । इभेन्टका लागि मेकअप सेड्युल गर्न तालिमहरुका लागि समय व्यवस्थापनमा पनि त्यतिकै खटिन्छन । 

 

कोटेश्वरको आइएमई मार्टमा रहेको रिगल स्टेशनले सौन्र्दय सम्बन्धी तालिमका साथै सौन्र्दय सम्बन्धी सेवा दिदै आएको छ । विश्व बजारमा चलेका नयाँ–नयाँ व्युटी प्रोडक्ट पनि समावेश छन ।

 

पछिल्लो समय सौन्दर्य सम्बन्धी मानिसहरुको बुझाई व्यापक बन्दै गइरहेको छ । कतिपयले स्वदेशमै आत्म निर्भर बन्नका लागि यो पेशालाई गतिलो माध्यम बनाएका छन । मध्यम पूजिबाट पनि कामको थालनी गर्न सकिने हुँदा धेरै किशोरीहरुको रोजाईमा मेकअप आर्टिस्ट बन्ने चाहना बढ्न थालेको छ ।

 

बबिता र एलिना जस्ता धेरै युवतीहरु स्वदेश मै बसेर पेशा व्यवसाय अगाडी बढाउन चाहन्छन । काम गर्न उनीहरुको जोशलाई सरकारले पनि सहयोग गर्ने हो भने आत्मनिर्भर बन्न सकिन्छ भन्ने बबिताको टिम एउटा राम्रो उदाहरण हो । हतारमा रहेको नयाँ पुस्ता छिटो नतिजा खोज्छ । हतार होइन धैर्यताका साथ काम गर्ने हो भने जे जस्तो काम पनि सहजै गर्न सकिन्छ भन्ने बबिता र एलिनाको जस्तो आत्मविश्वास सबैमा हुन जरुरी छ ।

प्रस्तुति : देवी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार