• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
शिक्षा

कक्षा ११ को नजिता सार्वजनिक (यसरी चेक गर्नुहोस्)

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो। परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।

 

बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गरेको हो । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

 

परीक्षामा नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी भएकामा ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन्। त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन्।

 

यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए छ । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन्।

 

बिद्यार्थीहरुले नतिजा  Click Here मा हेर्न सक्नेछन् र बिद्यालयहरुले आफ्नो बिद्यार्थीहरुको नतिजा  Click Here बाट download गर्न र हेर्न सकिने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार