• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

केकी अधिकारीसहित कलाकार सवार जीप रौतहटमा दुर्घटना

काठमाडौं । नायिका केकी अधिकारीसहित कलाकार सवार जीप रौतहटको कटहरिया नगरपालिका १ मा दुर्घटना भएको छ ।  उनीहरु सवार बा २० च ५४१० नम्बरको स्कोर्पियो जीप सडकबाट ६ फिट तल खस्दा नायिका अधिकारीसहितका कलाकारहरु घाइते भएका हुन् ।

 

 सुटिङका लागि रौतहट पुगेका उनीहरु सवार जीप आइतबार बिहान ४ बजे दुर्घटनामा परेको  जनाइएको छ।

 

उनीलाई सामान्य चोटपटक लागेको र उपचार भइरहेको  छ। सचेतना गीतको छायाँकनका लागि उनीहरु रौतहट पुगेका थिए।

 

चलचित्र निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, मोडेल रचना शिवाकोटी,  कलाकार विजय यादव निर्बिज,छायाकार आलोक सुक्ला, चालक सुजन पोखरेल लगायत सवार रहेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार