• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

काठमाडौं जेसीजले मनायो स्वर्ण महोत्सव

 

काठमाडौं । काठमाडौं जेसीजले आफ्नो स्थापनाको पचासौं वर्षलाई स्वर्ण महोत्सवका रुपमा मनाएको छ । सन् १९७० मा स्थपना भएको काठमाडौं जेसीज विहीबार काठमाडौंको अन्नपूर्ण होटलमा विशेष समारोह गरी स्वर्ण महोत्सव विशेष समारोह मनाएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृषिमन्त्री चक्रपाणी खनालले युवा उद्यमशीलता र सशक्तिकरणमा काठमाडौं जेसीजको योगदान उच्च रहेको बताए । उहाँले काठमाडौं जेसीजलाई सधैंझैं क्रियाशील र समाजका लागि सहयोगी बनिरहन शुभकामना दिए ।

समारोहमा काठमाडौं जेसीजका संस्थापकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै पूर्व अध्यक्ष, पूर्व पदाधिकारी र जेसीज सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा काठमाडौं जेसीजको स्मारिका विमोचन समेत गरेको थियो  ।


काठमाडौं जेसीजका अध्यक्ष भुवनकुमार श्रेष्ठले वर्षैभरी स्वर्ण महोत्सवको विभिन्न कार्यक्रम गरिएको जानकारी दिए  ।

 

स्वर्ण महोत्सवको मूल समारोह ऐतिहासिक रहेको भन्दै अध्यक्ष श्रेष्ठले काठमाडौं जेसीजले रचेको इतिहास जोगाउनु सबैको दायित्व रहेको बताए ।

 

समारोहमा काठमाडौं जेसीजका महासचिव अनुप सुनुवारले अग्रजहरुको मेहेनतबाट काठमाडौं जेसीज एक अग्रणी सामाजिक संस्थाका रुपमा स्थापित भएको भन्दै धन्यवाद ज्ञापन गरे। स्वर्ण महोत्सवले काठमाडौं जेसीजको गरिमा र जिम्मेवारी दुवै बढाएको महासचिव सुनुवारको भनाई थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार