• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

सरकारले काम नै नगरेको भन्ने विषय प्रचारबाजी मात्रै हो : अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र सबै राजनीतिक दलहरु सचेत रहँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन ।

 

 मन्त्रिपरिषद् हेरफेरको हल्ला चलेपछि सत्तारूढ दलका अध्यक्ष दाहालले मन्त्री परिवर्तन प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले आफूलाई प्रश्न नसोध्न आग्रह  गरे ।

 

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सरकार भ्रष्टाचार नियन्त्रणमा कठोर बन्दै गएको बताएका छन।

 

पार्टी भित्रै सरकारको कामको समीक्षा भईरहेको बताउँदै अध्यक्ष प्रचण्डले सरकारले काम नै नगरेको भन्ने विषय प्रचारबाजी मात्रै भएको बताए ।

 

उनले  विरोधमा रहेका मधेशवादी दलहरुको मुद्दा न समर्थन न विरोधको अवस्थामा रहेको समेत बताए ।
  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार