• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
प्रविधी

गुगल इमेजेजको आविष्कार गराउने लुगा फेरि प्रयोगमा

GETTY IMAGES

अमेरिका । अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुन : प्रयोगमा ल्याएकी छन् ।

 

त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको थालनी भएको थियो । पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको गाउन सन् २००० को फेब्रुअरी महिनामा भएको ग्रामी अवार्ड्समा लगाएकी थिइन्।

 

गुगलका पूर्व कार्यकारी अधिकृत एरिक श्मिटले पछि लोपेजको उक्त तस्बिरको खोजी गुगलमा धेरै भएपछि गुगल इमेजेज थाल्न प्रेरित भएको खुसाला गरे। भर्साचे ब्रान्डकै आधुनिक ढाँचा दिइएको उक्त लुगा लगाएको भिडिओ सामग्रीलाई सामाजिक सञ्जालमा २० लाख पटक भन्दा बढी हेरिएको छ।

 

प्रशंसा
जेनिफरले भर्खरै 'भर्साचे स्प्रिङ २०२०' नामक प्रदर्शनी इटालीको मिलानमा सकेकी छन्। त्यहाँ उनले सन् २००० को ग्रामीमा लगाएको हरियो रङ्गको लुगाको पुनर्कल्पना गरिएको लुगा लगाएकी थिइन्।

 

इटालीको मिलानमा भएको फ्याशन सप्ताहको शुक्रवारको प्रदर्शनीमा लोपेज र उनले सन् २००० मा लगाएको लुगा दुवैको प्रशंसा गरिएको थियो । भग म्यागजीनका अनुसार उक्त कार्यक्रममा केही मोडलहरूले लोपेजको सन् २००१ को 'लभ डन्ट कस्ट अ थिङ्ग' बोलको गीतमा र्‍याम्पमा हिँडेका थिए।

 

त्यसअघि ग्रामी अवार्डमा लोपेजले करिब दुई दशकअघि लगाएकै लुगा गुगलमा खोजी गरिएको तस्बिर देखाइएको थियो। गुगलको एलेक्शा सेवामा बोलिएजस्तै गरी एउटा आवाज बज्योस् 'ल गुगल, अब मलाई साँच्चै लुगा देखाऊ।' चर्चित पप गायिका तथा हलिउड नायिका त्यसपछि कार्यक्रमको भिडबाट बाहिर निस्किइन्।

 

फेशन र प्रविधि
गुगल सन् १९९८ मा स्थापना भएको थियो। तर सन् २००१ को जुलाईसम्म गुगलको साइटमा तस्बिर राखिएको थिएन। श्मिटले सन् २०१५ को प्रोजेक्ट सिन्डिकेटमा लेखेका छन्, 'जब गुगलको उद्घाटन गरियो मानिसहरू केही शब्द कम्प्यूटरमा टाइप गरेकै भरमा लगभग सबै कुरा खोज्न सक्ने भएर छक्क परेका थिए ।' 'यो अरू कुनै पनि कुराभन्दा राम्रो थियो, तर अहिलेको मापदण्ड अनुसार चाहिँ उत्कृष्ट होइन।'

 

'त्यसैले हाम्रा सहसंस्थापक ल्यारी पेज र सेर्गेई ब्रिन ( सबैजसो सफल अन्वेषक जस्तो - दोहोर्‍याइरहन थाले। उनीहरूले तस्बिरबाट त्यस्तो काम थाले। आखिरमा मानिसहरू केवल अक्षरभन्दा बढी चाहन्थे ।'

 

'सन् २००० मा ग्रामी अवार्ड्स पहिलो पटक स्पष्ट रूपमा देखियो। जेनिफर लोपेजले हरियो रङ्गको लुगा लगाइन्, त्यसले विश्वको ध्यान तान्यो। त्यतिबेला हामीले त्यति धेरै खोजी गरिएको अरू देखेकै थिएनौँ।'

 

'त्यतिबेला हामीसँग प्रयोगकर्ताहरूले ठ्याक्कै के खोजी गरिरहेका छन् भन्ने पक्का शैली थिएनस् जेनिफर लोपेजले त्यो लुगा लगाएपछि गुगलको तस्बिर खोजी जन्मियो ।' बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार