• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

खाना पकाउने ग्यास र हवाई इन्धनको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन  उडानतर्फको मूल्य घटाएको छ। निगमले प्रति सिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। नयाँ मूल्य अनुसार एलपी ग्यास प्रति सिलिन्डर १३५० रुपैयाँ पर्नेछ । 

 

त्यसैगरी हवाई इन्धनमा पनि ५० अमेरिकी डलर प्रति किलोलिटर घटाइएको छ । जस अनुसार अबदेखि प्रति किलोलिटर हवाई इन्धनको मूल्य एक हजार अमेरिकी डलर पर्नेछ ।निगमले यसअघि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको थियो । पाइपलाइन मार्फत डिजेल आउन थालेपछि पेट्रोलियम पदार्थको मूल्य घटाइए पनि हवाई इन्धन र ग्यासको मूल्य यथावत राखिएको थियो। 

 

घटाइएको नयाँ मूल्य शुक्रबार रातिबाट १२ बजेदेखि लागु भएको निगमले जनाएको छ । निगमले अबदेखि हवाई इन्धन र ग्यासको मूल्यलाई पनि अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको घटबढ अनुसार स्वचालित हुने गरी अघि बढाइने जनाएको छ । दसैंलाई केन्द्रित गरेर उपभोक्तालाई सहज होस् भन्‍नका लागि उक्त मूल्य घटाइएको निगमले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार