• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

असोज महिनाको चलचित्र

छ माया छपक्कै 
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र हो छ माया छपक्कै । चलचित्रलाई पत्रकार दिपेन्द्र लामाले निर्देशन गरेका छन् ।

 

दिपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

 

रोहित अधिकारी निर्माता रहेको चलचित्रमा दिपेन्द्र लामाको कथा, दिपकराज गिरीको पटकथा छ । चलचित्र ‘छ माया छपक्कै’ले आधुनिक यूवती र सोझो यूवकको कथालाई प्रस्तुत गरेको जनाइएको छ । चलचित्रमा दिपाश्री निरौलालाई सल्लाहाकार निर्देशक रुपमा देखिएकी छिन् ।

 

कबड्डी कबड्डी कबड्डी

 

स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा हो चलचित्र कबड्डी कबड्डी कबड्डी । दयाहाङ राई, विजय बराल, उपासना सिंह ठकुरी, माओत्से गुरुङ लगायत कलाकार ट्रेलरमा देखिएका छन् । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेका छन् ।

 

डार्क कमेडी जानराको चलचित्रलाई रामबाबु गुरङले निर्देशन गरेका हुन । चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । चलचित्रमा मणि रत्न पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । चलचित्रको असोज ३ गतेबाट प्रदर्शनमा आएको छ । 

 

रातो टिका निधारमा

 

अशोक शर्माको निर्माण तथा निर्देशनमा बनेको यो महिला केन्द्रित कमेडी चलचित्र हो । यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमा गरिएको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् भने  शम्भुजित बास्कोटा र कल्याण सिंहको यसमा संगीत भरेका छन् । पुरानो चलचित्र ‘अल्लारे’मा समावेश  ‘रातो टिका निधारमा’ बोलको गीतलाई यो चलचित्रमा रिमेक बनाएर प्रस्तुत गरिएको छ । 

 

यो चलचित्रबाट निर्देशक शर्माका छोरा अंकित शर्माले चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गरेका छन । उनीसँग नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गरेकी छिन् । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गाउँले भूमिका देखिएकी छिन् ।

 

चलचित्रमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार रविन्द्र झा, वुद्दि तामाङ, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, अर्जुन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्र असोज १० गते प्रदर्शनमा आउने भएको छ । 
 

गीत गजल

 

निर्देशक नितिन चंन्दको निर्देशनमा बनेको यस चलचित्रबाट रूप पोखरेल र आरोही सिंहले नेपाली रजतपटमा डेब्यू गर्दैछन्। ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।प्रेमकथामा आधारित यस चलचित्रमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

 

चलचित्रमा कथा,पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार