• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

तुम्खेवाका दुई कविता

काठमाडौं । बिमला तुम्खेवा नेपाली कविताका क्षेत्रमा चर्चित नाम हो । बिमला तुम्खेवाका कविताहरु / नदी , छाल र तरङ्गहरु / संस्मरण बूढो रुखको रहत्केलामा पृथ्वी लिएर उभिएको मान्छे गरि चार कविताकृति प्रकाशित छन् । आफ्ना कवितामा भिन्न र शालिन कविता लेख्ने  तुम्खेवाको उपस्थिति  नेपाली कविताको क्षेत्रमा शक्तिशाली रुपमा लिईन्छ ।  यहाँ नदि, छाल र तरङ्गहरु कविता कृतिबाट दुई कविता प्रस्तुत गरिएको छ ।

 

 

 

तरङ्गहरुमा 

सायद ,
यहाँबाटै सुरु भयो  प्रेमको अभिमत ।

म,
सुर्यस्तपछिको जुनसँग
आलिङ्गन हुन आतुर छु 
तिमीलाई अँगालो भरिभरि चुमेर रुन चाहन्छु
कि हामी केवल भ्रम हौं भनेर ।

त्यसदिन,
पानीको सतहहरुमा 
तरङ्गीत हुँदै सल्बलाएको पानी लालीमा
मेरो प्रेमको अनुभुतिहरुमा उत्कृष्ट चेतना भएर रहनेछ ।

जहाँबाट मैले ,,,,,,
चेतना प्राप्तिको प्रसव वेदना भोगेको छु
जहाँबाट सही अर्थमा प्रेमको सौन्दर्य बोध गरेको छु ।

आऊ ! 
एकैछिन यो  पोखरीको किरारमा बसेर डुब्न लागेको घाम हेर्दै 
छालहरुको कुरा गरौं र हराऔं तरङ्गहरुमा ।

 

आँसु

आफुलाई प्रतिबिम्बित गरेर 
जूनको शालीन  साँझमा तिम्रो तस्बिरलाई हेरे 
र,
त्यो साँझ बेस्सरी रोएँ ।

आँसु झरी बनेर रुझीरह्यो 
तस्बिर झन् झन् पृथक लाग्यो 
अनुभूतिहरु मौन रहे ।
र,
तस्बिर अँगालोमा च्यापेर म त्यो रातभर रोईरहेँ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार