• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘छ माया छपक्कै’ को ट्रेलरमा दीपक–केकीको राजनीतिक प्रेम (ट्रेलर सहित)

काठमाडौं । दीपकराज गिरी र दिपाश्री निरौलाको ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

 

गाउँमा राजनीतिक पृष्ठभूमीमा हुर्किएको एक पुरुष र एक यूवतीको कथामा यो चलचित्र बनेको छ । ट्रेलरमा एउटा सामान्य मानिस कसरी राजनीतिमा लाग्छ भन्ने देखाउन खोजिएको छ । यो संगै राजनीतिक पृष्ठभूमी भएका केटा र केटीको प्रेम कथा टे्रलरमा झल्किन्छ । 

 

चलचित्रमा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।  दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको चलचित्रमा पटकथा छ । रोहित अधिकारी फिल्मस्, आमा सरस्वती मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।

 

विपिन मल्लको सम्पादन रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन, हरि हुमागाँइको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

 

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार